काठमाडौं । आगामी जुनमा भारतमा हुने तय भएको साफ फुटबल च्याम्पियनसिपमा कुवेतले सहभागिता जनाउने भएको छ । दक्षिण एसिया फुटबल फेडेरेसन (साफ)ले बुधबार सामाजिक सञ्जालमार्फत जुनमा हुने प्रतियोगितामा कुवेत सहभागी हुने जनाएको हो ।
यसअघि प्रतियोगितामा मलेसियाको राष्ट्रिय टिम र साउदी अरेबियाको यू–२३ टिमले सहभागिता जनाउने चर्चा थियो । तर, पछि साफले मलेसिया र साउदी सहभागी नहुने पुष्टि गर्दै सहभागिताका लागि अन्य मुलुकलाई प्रस्ताव गरिएको जनाएको थियो ।

साफ च्याम्पियनसिपको १४औँ संस्करण भारतको बेंग्लुरुमा जुन २१ देखि जुलाई ४ सम्म आयोजना हुने तालिका छ ।
प्रतियोगितामा दक्षिण एसियाका भारत, पाकिस्तान, नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश सहभागी हुनेछन् । फिफाको प्रतिबन्धका कारण श्रीलंका भने यो संस्करणमा सहभागी हुने छैन ।

नेपालले हालसम्म यसको उपाधि जित्न सकेको छैन । माल्दिभ्समा भएको पछिल्लो संस्करणको फाइनलसम्म पुग्नु नै च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै ठूलो उपलब्धि हो । उक्त फाइनलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको थियो ।