May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

लगानी चै नेपालमा गर्न हुँदैन भन्ने गलत सोच हट्दै : अर्थमन्त्री महत

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० ११:१0
लगानी चै नेपालमा गर्न हुँदैन भन्ने गलत सोच हट्दै  : अर्थमन्त्री महत
  • अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताए
  • नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य गर्नुपर्छ 
  • अब केही गर्न हुँदैन भन्ने प्रचार गलत 

चितवन ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको र नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको दाबी गरे । ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’

अर्थमन्त्री डा. महतले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ ।’ उनले नेपालमा निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गरे । प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको बताउँदै उनले भने, ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।’ सेयरबजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको उनले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।