May 23, 2024 | बिहिबार, जेष्ठ १०, २०८१
सुचनाहरु
१५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा , आजै अदालत लगिँदै कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

यसरी बढाउने सोचको स्तर

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:0७
यसरी बढाउने सोचको स्तर

हाम्रो मस्तिष्कले हरेक क्षण केही न केही कुरा सोचिरहेकै हुन्छ । कहिले सकारात्मक त, कहिले नकारात्मक सोच दिमागमा आइरहेका हुन्छन् ।नकारात्मक सोचले राम्रो गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि वरिवरिको परिवेश, वातावरण, प्रणालीलगायतले यस्तो सोच आउन बाध्य बनाइरहेका हुन्छन् । हरेक क्षण सकारात्मक सोच राख्नु उत्तम हो, अनि सोच्ने स्तर पनि बढाउँदा सिर्जनशील बन्न मद्दत पुग्छ । तर कसरी सोच्ने स्तर बढाउने त ? यसका लागि केही कुरामा ध्यान दिनुपर्छ ।

१. खानपान

हामीले कस्तो खानेकुरा खान्छौं भन्ने कुराले पनि हाम्रो सोचलाई प्रभावित बनाउँछ । सधैं बासी सडेगलेका खानेकुरा खानाले हाम्रो शरीर अस्वस्थ हुन्छ । अस्वस्थ मस्तिष्कले सोच्ने कुरा पनि नकारात्मक नै हुन्छ । त्यस्तै जाँड, रक्सी, चुरोट, खैनी जस्ता धुम्रपान र मद्यपानले हामीलाई उत्तेजित र अवास्तविक दुनियाँमा लैजाने गर्छन् । त्यसले पनि सकारात्मक सोच विकासमा बाधा सिर्जना गर्छ । त्यस्तै अधिक चिनीको सेवन गर्नाले, धेरै जंकफुड खाँदा पनि मानिसको चित्तमा अधीरता, चञ्चलता र अस्वस्थ विचार पैदा हुने सम्भावना हुन्छ ।

२. संगत

भनिन्छ नि, ‘संगतगुनाको फल ।’ हामी खराब व्यक्तिको संगत गर्छौं भने हाम्रो सोच पनि खराब बन्दै जान्छ भने राम्रा र असल मान्छेको संगतले हाम्रो सोचमा पनि सकारात्मक प्रभाव पार्छ । तपाईंले संगत गर्ने पाँच जना साथी सबै औसत छन् भने तपाईं पनि त्यस्तै बन्नुहुन्छ । यसबाट पनि अन्दाज गर्न सकिन्छ नि हाम्रो संगतले हाम्रो सोच विचारमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

३. सामाजिक सञ्जाल

आजभोलि सामाजिक सञ्जालबिनाको दैनिकी कल्पना गर्नै गाह्रो होला । हाम्रो सोचविचारमा सामाजिक सञ्जालको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । हाम्रो सोच कस्तो हुने भन्ने कुरा हामीले सामाजिक सञ्जालमा कस्तो कुरा हेर्छौं, कस्तो कुरा सुन्छौँ, के कुरा पढ्छौं भन्ने कुराले पनि निर्धारण गर्छ ।

हत्या, हिंसा, चोरी, डकैती जस्ता नकारात्मक खबर वा सामग्री हेर्ने सुन्ने गर्नाले हाम्रो दिमागमा पनि निराशा, गाली, डर, त्रास पैदा हुन्छ भने विकास निर्माण र प्रगतिका कुरा हेर्ने सुन्ने हेर्ने गर्नाले दिमागमा पनि आशा, भरोसा र जीवनप्रतिको सकारात्मक धारणा पैदा हुन्छ ।

४. पारिवारिक वातावरण

हाम्रो सोचलाई हाम्रो पारिवारिक बातावरणले पनि प्रभाव पारेको हुन्छ । परिवारमा प्रेम, सद्भाव, सहयोग र मेलमिलाप छ भने परिवारका सदस्यहरूमा पनि सकारात्मक सोच विकास हुन्छ । सधैं कलह, झगडा र लडाइँ हुने परिवारमा नकारात्मक विचारको विकास हुने गर्छ ।

५. शारीरिक कसरत

जो व्यक्ति निष्क्रिय भएर अल्छी गरेर बसिरहन्छ, उसको दिमागमा नकारात्मक विचार पैदा हुने सम्भावना हुन्छ । जसले नियमित कसरत, व्यायाम, योगा, ध्यान गर्छ उसको सोच विचारमा पनि शुद्धीकरण आउँदै जान्छ ।ढाड कुप्रो पारेर, टाउको निहुराएर, झोक्राएर बस्ने मान्छे सधैं निराशा तथा नकारात्मक सोचले भरिएको हुन्छ । तर जसले शिर ठाडो पारेर हिंड्ने, ढाड सिधा पारेर बस्ने गर्छन् उनीहरुको दिमागमा पनि सकारात्मक सोच पैदा हुने गर्छ ।

६. व्यस्तता

भनाइ नै छ– खाली दिमाग सैतानको घर । जो व्यक्तिले आफूलाई मन पर्ने काममा व्यस्त राख्छन् उनीहरुलाई नकारात्मक कुरा सोच्ने फुर्सद नै हुँदैन । दिमाग भनेको खाली जमिन जस्तै हो । यदि यसलाई खनजोत गरेर फलफूल, तरकारी रोपेनौं भने झारपात, घाँसपात आफैं उम्रिन्छ । त्यसैले नकारात्मक सोच नआओस् भन्न सधैं दिमागलाई सिर्जनशील र रुचिपूर्ण काममा व्यस्त राख्नुपर्छ ।

(डा. ताराजी प्रेरक वक्ता हुन् । उनीसँगको कुराकानीमा आधारित–अनलाइनखबरबाट)

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट