WordPress database error: [Disk full (/tmp/#sql-temptable-c6769-47061-4b10.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको पछिल्लो सप्ताहन्तका एपिसोडबाट आठ जना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । शनिबारको एपिसोडमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगी अन्तिम चरणमा प्रवेश गरे ।
दर्शकको मतको आधारमा यी प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्दा अन्य रुचाइएका प्रतिस्पर्धी भने शोबाटै बाहिरिए । शुक्रबारको एपिसोडमा टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरेका थिए ।
जेठ ५ गते हुने फिनालेमा भ्वाइस किड्सले विजेता प्राप्त गर्नेछ । यो टेलिभिजन कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभी एचडीबाट राति ८ बजे प्रसारण हुँदै आएको छ ।
