May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

भद्रगोल शंकरदेव क्याम्पसको शैक्षिक वातावरण

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:२१
भद्रगोल शंकरदेव क्याम्पसको शैक्षिक वातावरण

काठमाडौं । शंकरदेव क्याम्पसमा शैक्षिक वातावरण बिग्रिरहेको छ। क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् ।

क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् ।

क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै एमाले र नेकपा समाजवादी निकट अनेरास्ववियूले ‘प्राध्यापक माथिको ज्यादती बन्द गर, राजीनामा दिएर जिम्मेवारीबाट भाग्न पाइँदैन’ भन्ने नारासहित ह्यासट्याग ‘सेभ शंकरदेव क्याम्पस’ चलाएका छन् ।

अनेरास्ववियू शंकरदेव क्याम्पस कमिटी अध्यक्ष सन्तोष शेर्पा अहिले क्याम्पसको शैक्षिक वातावरण बिग्रेको र विद्यार्थी प्रत्यक्ष प्रभावित भइरहेकाले आवाज उठाएको बताउँछन् ।

क्याम्पस प्रमुख तथा संकाय प्रमुखहरूले स्पष्ट कारण पनि नखुलाउने र विद्यार्थी प्रभावित हुने गरी राजीनामा दिन थालेपछि खबरदारी गरेको उनी बताउँछन् ।

‘क्याम्पस प्रमुख, फ्याकल्टी मेम्बरहरू अधिकांशले राजीनामा दिनुभएको छ । स्पष्ट कारण पनि दिइरहनुभएको छैन,’ उनी भन्छन्, ‘तर अनौपचारिक रूपमा भने स्ववियुको दबाबले हो भन्ने सुनिएको छ ।

त्यसैले प्राध्यापकहरू माथि कुनै पनि खालको दबाब, अभद्र व्यवहार हुनुहुँदैन र जिम्मेवार व्यक्तिले पनि भाग्नु मात्रै विकल्प होइन भनेर खबरदारी गरिएको हो ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट