May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

गृहमन्त्री श्रेष्ठ : प्रहरीमाथि कुनै शिकार भएको छैन

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:५५
गृहमन्त्री श्रेष्ठ : प्रहरीमाथि कुनै शिकार भएको छैन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

आज बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कोही निर्दोष फस्नु हुन्न भन्नेमा आफू समेत रहेको भन्दै उनले भने, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पुर्याउने काम गर्न मिल्दैन ।’

दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उनले बताए । कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, हुँदैन ।’

कतिपयले चर्चामा आएका प्रसंगहरुमा प्रहरी पुगेन कि भन्ने आशंका रहेको भन्दै उनले प्रहरीले अनुसन्धानले खुला नै राखेको बताए । प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको भन्दै उनले भने, ‘थुप्रै व्यक्तित्वको नाम आएको छ, तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी होला भन्ने हामीले बुझ्नुपर्छ ।’

‘कसैलाई कोही मुछ्न नपर्नेलाई पनि मुछ्यो कि भन्ने जस्तो पनि लागेको छ । कसैलाई मान्छे त आउनुपर्ने अन्तै छ, आएन भन्ने लागेको छ,’ उनले भने, ‘दुवैलाई हेर्दा के बुझ्नुप¥यो भने बयान र तथ्य प्रमाणका आधारमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर पुष्टि भएको आधारमा अगाडि बढाउनेमा प्रहरी छ ।’

कुनै पार्टीको हो ? कुन घरानासँग सम्बन्धित छ ? वा कसको नाता पर्ने हो भन्ने कुराको अपराधसँग साइनो नहुने भन्दै उनले राष्ट्रलाई हानि–नोक्सानी हुने काम जसले गरेको छ, त्यसलाई निष्पक्ष छानबिन गरेर कानुनको दायरामा ल्याउने बताए ।

समृद्धिका लागि सुशासन पहिलो शर्त भएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले अरु पनि अनुसन्धान होला भन्ने आशा गर्न अनुरोध समेत गरेका छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट