May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पलायन हुँदै किसान

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:४४
पलायन हुँदै किसान

 

म्याग्दी । बेनी नगरपालिका–१, रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो। एक वर्षयता गोठ रित्तो छ। करिब दुई करोड रुपियाँ लगानी गरेर भैँसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनील श्रेष्ठको गोठ रित्तो छ।

भुवानेका सात/आठ जनाको जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन व्यवसायका लागि करिब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गर्नुभएको थियो। श्रेष्ठले निर्माण गरेको पूर्वाधार यतिखेर अलपत्र अवस्थामा छ। भैँसीपालन व्यवसायबाट जग्गाको भाडासमेत भुक्तानी गर्न नसकेपछि श्रेष्ठले व्यवसाय नै छाड्नुप-यो।

त्यस्तै बेनी नगरपालिका–६, चुत्रेनीका किष्णबहादुर मल्लको बाख्रा फार्म पनि यतिखेर रित्तो छ। बोयर जातको बाख्रापालन गर्दै आउनुभएका मल्लको खोरमा छ महिना पहिला पुग्दा गोठमा लोभलाग्दा बाख्रा थिए। वैदेशिक रोजगारीलाई छाडेर गाउँमै बाख्रापालन गर्नुभएका मल्लले जिल्लामा नमुना कृषकका रूपमा पहिचान बनाउनुभएको थियो। मल्ल अहिले रोजगारीको क्रममा फ्रान्स पुग्नुभएको छ।

श्रेष्ठ र मल्ल दुवै जनाले विदेशमा सिकेको सिप आर्जन गरेको पुँजीलाई कृषि क्षेत्रमा लगानी गरेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले व्यवसाय थाल्नुभएको थियो। दुवै जना जिल्लामा नमुना कृषकका रूपमा चिनिनुभएको थियो।

तर कृषि पेसामा उहाँहरू टिक्न सक्नुभएन। कोरोना महामारी, कृषि अनुदानमा विभेद, बजारको समस्या, उत्पादित वस्तुको कम मूल्य र दुःख गरे अनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा कृषि व्यवसाय गर्नेहरू पेसाबाट पलायन हुँदै जान थालेका हुन्।

फ्रान्स पुग्नुभएका मल्लले भन्नुभयो, “दुःख गरे अनुसार आम्दानी हुन सकेन, सरकारी निकायबाट पनि प्रोत्साहनमूलक कार्यक्रम  आएन। धेरै परिश्रम गर्दा पनि लगानी अनुसारको प्रतिफल प्राप्त गर्न कठिन भयो। पशुपालन पेसा छाड्न मन त थिएन तर बाध्यताले छाड्नु प-यो। देश छाडेर हिँड्नु प¥यो, दुःख लागेको छ।”

यस्तै पुख्र्यौली पेसालाई निरन्तरता दिनुभएका धौलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले पनि पेसा छाड्नुभएको छ। उहाँले वर्षौंदेखि भेडापालन गर्दै आउनुभएको थियो। छन्त्यालका करिब छ सयको हारहारीमा भेडाबाख्रा थिए।

रत्नेचौरकै दिनेश रावलले पनि भैँसीपालन व्यवसाय छाड्ने तरखरमा हुनुहुन्छ। कोरोना महामारीका कारण सहरबाट गाउँ फर्किएर भैँसीपालन थाल्नुभएका रावल फेरि विदेश जाने सोँचमा हुनुहुन्छ। फार्म बन्द गरेर श्रेष्ठ बागलुङ बजार फर्किनुभएको छ भने मल्लले पुनः वैदेशिक रोजगारी रोज्नुभएको छ।

पछिल्लो समय कृषि पेसालाई निरन्तरता दिन नसक्दा पेसा नै छाड्नेको सङ्ख्या जिल्लामा बढ्न थालेको छ। व्यावसायिक पशुपालन र कृषि पेसा गरेका किसान पेसाबाट पलायन हुने क्रम  बढेको बेनी नगरपालिका–१, रत्नेचौरका पूर्व वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो।

पशुपालनका लागि आवश्यक पर्ने घाँसको अभाव, कामदार नपाइने र सरकारी अनुदान पाउन झन्झटिलो प्रव्रिmयाका कारण पेसाबाट पलायन हुने क्रम  बढेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “कृषि पेसामा टिकिराख्न निरन्तर रूपमा परिश्रम र ठुलो सङ्घर्ष गर्नुपर्दछ। तत्काल धेरै पैसा कमाउने सोँच राखेर कृषि पेसामा आएका युवा सोचेजस्तो आम्दानी नभएपछिबिचमै छाड्न थालेका छन्।” विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण स्वदेश फर्किएका युवाले पशुपालन थालेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले भन्नुभयो, “अहिले वैदेशिक रोजगारी खुलेको छ। पशुपालनबाट कमाउने भन्दा  विदेशमा कमाउने धेरै हुन्छ। पशुपालन र कृषि पेसाबाट कमाउन कठिन हुन्छ। धेरै परिश्रम गर्नुपर्ने हुन्छ। परिश्रम गरे अनुसारको प्रतिफल हुँदैन। त्यसैले पशुपालनमा आबद्ध भएका युवा फेरि वैदेशिक रोजगारीका लागि जान थालेका हुन्।”

युवामा  वैदेशिक रोजगारीप्रति आकर्षण बढ्नु पनि पेसाबाट पलायन हुने मुख्य कारण भएको उहाँले बताउनुभयो। पशुपालनका लागि आवश्यक पर्ने दाना, चोकरलगायतको मूल्य वृद्धि हुनु र त्यही अनुपातमा उत्पादित वस्तुको बजार मूल्य कायम नहुनु पनि पेसाबाट पलायन हुने कारण बनेको उहाँको भनाइ छ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।