काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नयाँ बजेटबाट लगानीकर्ता सन्तुष्ट नभएको देखिएको छ । मंगलबार बजार खुलेदेखि नै बजार उकालो लाग्न सकेन ।
बजार खुलेको ४५ मिनेटसम्म लगातार ओरालो गतिमा देखिएको छ । पछिल्लो ४५ मिनेटमा नेप्से परिसूचक ३३ अंकले घटेको छ ।
यो अवधिमा बजारमा लगानीकर्ताले आफूसँग भएको सेयर धमाधम बिक्री गर्न थालेपछि बिक्री चाप बढेको हो । यो अवधिमा बजार १.७० प्रतिशतले घटेर १९०८ विन्दुमा झरेको छ । ६२ करोड ४१ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ ।