April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

गगन थापा : हाम्रो पार्टीभित्रका सबै गुटहरु भत्काऔं

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १७:0२
गगन थापा : हाम्रो पार्टीभित्रका सबै गुटहरु भत्काऔं

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका हुन् । ‘मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ ।

जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाऔं । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाई, त्यो दाई सबै छोडिदिनुहोस्’ उनले भने ।

महामन्त्री थापाले कुशासन, बेथिति, भ्रष्टाचार हटाउने विश्वास दिलाउन सक्नुपर्ने बताए । ‘कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ’ उनले भने, ‘नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । कांग्रेस कमजोर हुने कुरै छैन ।’

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट