April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सुन प्रकरणमा आबद्द ‘खरेल’ सुन ओसारपसारमा संलग्न रहेको खुलाशा

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १७:११
सुन प्रकरणमा आबद्द ‘खरेल’ सुन ओसारपसारमा संलग्न रहेको खुलाशा
  • सुन तस्करी प्रकरणमा पक्राउ परेका खरेल ओसारपसारमा आबद्द रहेको 
  • खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि पक्राउ 
  • पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय रहेको खुल्यो 

काठमाडौं ।।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल-भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो । चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले बताएको छ ।

पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको देखिएको छ । ‘एलेक्ससँग उनको नजिकको सम्बन्ध देखिएको छ, यसमा संलग्न अरु नेपालीको पनि खोजी भइरहेको छ’, सीआईबी स्रोतले भन्यो ।

हालसम्म यो प्रकरणमा २५ जना पक्राउ परिसकेका छन् । राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको थियो ।

त्यसक्रममा हङकङबाट आउने सुनको व्यवस्थापनमा संलग्न ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकामध्ये बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग पनि सम्बन्ध देखिएको छ । निकटता देखिएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।