sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पार्टी सुधार नभएको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:१४
पार्टी सुधार नभएको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

बुटवल । पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिवसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जनवर्गीय संगठनका पदाधिकारीले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरिएको तर जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गरी उल्टै व्यक्तिगत लाञ्छना र कारबाहीको धम्की दिंदै गुटगत सोचले अघि बढेपछि राजीनामा दिनुपरेको बताए ।

‘पार्टीलाई विधि प्रकृया र संस्थागत रुपले अघि बढाउनुपर्छ भनेर ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि एक महिनाअघि सुझाव पत्र पेस गरेका थियौं,’ भण्डारीले भने, ‘तर हाम्रा सम्बोधन गरी पार्टीलाई सुदृढ बनाउने भन्दा निरंकुश शैलीमा गुटगत पुर्वाग्रह राखेर पार्टीबाट निस्किएर गए हुन्छ भने ढंगबाट व्यवहार भएपछि राजीनामा गर्न बाध्य भयौं ।’

जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारीले समेत पार्टी सुधारका लागि राखेका माग सम्बोधन गर्न कुनै चासो नराखी बेवास्ता गरेको भण्डारीले गुनासो गरे ।

राजीनामा दिएका नेता कार्यकर्ताहरुले तत्काल स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताए ।

१० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताए ।

भण्डारीसहितका पूर्वमाओवादी नेता कार्यकर्तालाई एमाले उपाध्यक्ष विष्णु पौडेलको पहलमा पार्टीमा प्रवेश गराइएको थियो ।

राजीनामा दिएकामध्ये एक नेताले उपाध्यक्ष पौडेलको पक्षका मान्छे भनेर जिल्ला नेतृत्वमा रहेका नेताहरुले आफूहरुका माग सम्बोधन गर्न बेवास्ता गरी पार्टीबाट जबरजस्ती बाहिर धकेल्न खोजेको गुनासो गरे ।

आगामी दिनमा पार्टीमा आमूल परिवर्तन गरी जनताको मनोभावना अनुसार काम गर्ने गरी वार्ता गर्न आएमा संवाद र वार्ताको ढोका पनि खुल्ला राखेको राजीनामा दिएका एमाले सिद्धार्थनगर-८ का अध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid