sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्यार्थीहरुले गर्मि बिदालाई सहि सदुपयोग गर्दै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:३१
विद्यार्थीहरुले गर्मि बिदालाई सहि सदुपयोग गर्दै

 चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना-टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन एकेडेमीले दुनाटपरी बनाउने र बत्ती कत्ने तालिम दिएको हो । ‘विद्यार्थीहरु घरभित्रै व्यस्त हुने, सिप पनि सिक्ने र हाम्रो संस्कृति र परम्पराको जर्गेनासमेत हुने ठानेर तालिम आयोजना गरिएको हो,’ विद्यालयका प्राचार्य टेकराज अधिकारीले भने ।

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु यो तालिममा सहभागी छन् । तालिम अभिभावकहरू (आमाहरू) ले दिएका छन् । ‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ, अनुभवी हाम्रै आमाहरुले आएर तालिम दिनुभएको छ, विद्यार्थीहरु निकै उत्साहित छन्,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘हरेक घरमा हुने पूजाआजा लगायतका धार्मिक काममा दुनाटपरीको खाँचो पर्छ, अहिलेको नयाँ पुस्तालाई हामीले यो ज्ञान नसिकाए हराउँदै जाने खतरा पनि देखियो ।’ दुनाटपरी बनाउने र कपासका बत्ती कात्ने तालिममा छात्रहरूभन्दा बढी छात्राहरू उत्सुक देखिएको प्राचार्य अधिकारीको भनाइ छ ।

तालिममा ९६ जना छात्रा र १४ जना छात्र सहभागी छन् । ‘सालको पात टपरी हुने भन्ने गीत मात्रै सुनेका अहिलेका बालबालिकाहरुले सालको पातबाट कसरी टपरी बनाउन सकिन्छ भनेर आफ्नै आँखा अगाडि देख्न र सिक्न पाए,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘साना–साना बालबालिकालाई सिकाउन पाउँदा अभिभावकहरू पनि खुसी हुनुभएको छ, सिप जीविकोपार्जनका लागि टेवा दिने खालको पनि छ ।’ उनले तालिमबाट उत्कृष्ट तीन विद्यार्थीलाई छनौट गरेर पुरस्कृत गरिने बताए । बजारबाट सालको पात र सिन्का किनेर ल्याएर घरमा आफैंले दुना टपरी बनाउन सक्ने गरी विद्यार्थीलाई सिकाइने उनको भनाइ छ ।

विद्यालयले दुना, टपरी बनाउने र बत्ती कात्ने तालिमलाई विद्यालयको शैक्षिक क्यालेण्डरभित्रै समावेश गरेको छ । आउने दिनमा सेलरोटी पकाउने र च्याउ खेती गर्ने तालिम दिने योजनासमेत रहेको विद्यालयका प्राचार्य अधिकारीले जानकारी दिए ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid