काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपालका तर्फबाट पहिलोपटक भारतसँग सीमा विवादबारे आफूले प्रष्टसँग राखेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, “मलाई लाग्छ यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक हो,“ प्रधानमन्त्रीले भने ।