July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कोशीमा पनि एमाले नेतृत्वको सरकार संकटमा, माओवादीले समर्थन फिर्ता लिँदै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १५:00
कोशीमा पनि एमाले नेतृत्वको सरकार संकटमा, माओवादीले समर्थन फिर्ता लिँदै

विराटनगर । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिइरहेको समर्थन फिर्ता लिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको माओवादी स्रोतले नेपाल प्रेसलाई बतायो ।

यसअघि नेपाली कांग्रेसले माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न दलको बैठकबाट निर्णय गरी पत्र नै पठाएको थियो । पत्र पठाए पनि केन्द्रबाट निर्देशन नआएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । उसले २ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।

संघमा नेपाली कांग्रेससहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । संघमा एउटा गठबन्धन भएको र प्रदेशमा अर्कैसँग गठबन्धन भएको भन्दै कांग्रेसले विरोध गर्दै आइरहेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक ३ बजेलाई बोलाइएको छ । बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी आउने छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्