February 14, 2025 | शुक्रबार, फाल्गुन २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

शरणार्थी प्रकरण सरकारी वकिलतर्फको बहस आज सकिने

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:१९
शरणार्थी प्रकरण सरकारी वकिलतर्फको बहस आज सकिने

काठमाडौं ।।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सरकारी वकिलतर्फको बहस सकिने भएको छ । गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस जारी छ । न्यायाधीश न्यौपानेको इजलासले सरकारी वकिललाई आजसम्म बहस गर्ने समय तोकेको छ । सरकारी पक्षको बहस सकिएपछि पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले बहस गर्नेछन् । कानुन व्यवसायीले यही जेठ ३० गतेसम्म बहस गर्नेछन् । जेठ ३१ गते सरकारी वकिलको जवाफी बहस सकिएमा उक्त दिन नै थुनछेक आदेश आउनेछ ।

त्यसक्रममा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल गरी ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो । ३० अभियुक्तमाथि ठगी, किर्ते, राष्ट्रियहितविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ । अभियुक्त बनाइएका ३० मध्ये १८ जना पक्राउ परेका छन् । १२ जना अझै फरार छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्