sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अमेरिकी सहर न्युयोर्क पुगे राजेश हमाल

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० ११:५७
अमेरिकी सहर न्युयोर्क पुगे राजेश हमाल

काठमाडौं ।।

  • हमाल बुधबार अमेरिकी सहर न्युयोर्क पुगे
  • ‘सिग्नेचर पोज’ दिए
  • ‘सरप्राइज’ नामक छोटो फिल्मको प्रिमियरमा सहभागी हुन पुगेका हमाल
  • एक महिना त्यतै बस्नेछन्
  • हमालको रुचि राजनीतितिर बढी देखिन्छ

अभिनेता राजेश हमाल फिल्ममा कमब्याक हुन चाहिरहेका छन् तर परिस्थिति उनको साथमा छैन । उनको हातमा यतिबेला कुनै फिल्म पनि छैन । तर हमालको व्यस्तता अहिले सक्रिय फिल्मकर्मीभन्दा ज्यादा छ । विज्ञापन, समाजसेवा, कार्यक्रमसहित पारिवारिक कर्ममै उनको दौडधुप छ ।

उनी बुधबार अमेरिकी सहर न्युयोर्क पुगेका छन् । जहाँको स्ट्याचु अफ लिबर्टीबाट उनले आफ्नो चर्चित ‘सिग्नेचर पोज’ दिए । ओहायो राज्यमा आयोजना गरिएको ‘सरप्राइज’ नामक छोटो फिल्मको प्रिमियरमा सहभागी हुन पुगेका हमाल कम्तीमा एक महिना त्यतै बस्नेछन् । यसबीचमा सुगम पोखरेलको सांगीतिक टुरमा पनि उनी पुग्नेछन् ।

त्यसपछि बीचमा नेपाल फर्किएर पुनः साउन ६ मा टेक्सासमा हुने ११ औं नेफ्टा फिल्म अवार्डमा सहभागी हुन हमाल त्यता जाने कार्यक्रम छ । डायस्पोरामा उनको व्यस्तता निकै देखिएको छ । तर घरेलु फिल्ममा फर्किन उनलाई समयले साथ दिएको छैन । उनी यसका लागि ‘उचित’ समयको पर्खाइमा छन् । तर त्यो उचित समय कहिले आउँछ टुंगो छैन ।

हमालले फिल्म निर्देशन र निर्माणमा फर्किने भनेको झण्डै एक दशक हुन लागिसक्यो । तर उनका लागि ‘उचित’ समय कहिल्यै आएन । फ्यान पनि हमाललाई पुनः फिल्ममा हेर्न चाहिरहेका छन् । बरु पछिल्लो समय हमालको रुचि राजनीतितिर बढी देखिन्छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले चुनावमा उम्मेदवारका लागि प्रस्ताव गरेको चर्चा पनि चलेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid