May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

भयका कारण उपत्यकाका २ सय विद्यालय बन्द

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० 0८:२३
भयका कारण उपत्यकाका २ सय विद्यालय बन्द

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्। खासगरी प्रदर्शन क्षेत्रका स्कुल बन्द गर्नुपर्ने अवस्था निम्तिएको सञ्चालकहरूले बताएका छन्।

ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलकी संस्थापक अध्यक्ष गीता रानाले विद्यार्थी तथा अभिभावकलाई बिहीबार स्कुल बन्द रहेको सूचना पठाइसकेको बताइन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एनप्याब्सन० की पूर्वअध्यक्षसमेत रहेकी रानाका अनुसार आन्दोलनका कारण बानेश्वर, तीनकुने, कालिमाटी, कलंकी, बल्खु, चक्रपथलगायत क्षेत्रका सबैजसो स्कुल प्रभावित हुनेछन्। आन्दोलनकारीको भिड र आन्दोलनका कारण बालबालिकालाई तनाव हुने भएकाले विद्यालय बन्दको उपाय रोजिएको उनले बताइन्।

‘मेरो स्कुलका १९ वटा बस चल्छन्। बिहान बालबालिका ल्याउन कुनै समस्या भएन तर दिउँसो कतिखेर घर पुग्ने थाहा हुन्न,’ रानाले नागरिकसँग भनिन्, ‘स्कुल शान्ति क्षेत्र भए पनि बाहिर अशान्ति छ।’

उनले थपिन्, ‘ट्राफिक अस्तव्यस्त भए बालबालिका लामो समय बसभित्रै थुनिनुपरे मानसिक तनाव हुन्छ। त्यही भएर विद्यालय बन्द गर्ने निर्णय गरी सूचना अभिभावक कहाँ पठाइदिएँ।’ उनका अनुसार काठमाडौंको आन्दोलनले सबै ठूला निजी विद्यालयहरूलाई प्रभावित पारेको छ। ललितपुरमा रहेको जेम्स, युलेन्स, लिटिल एन्जल, रातो बंगलालगायत धेरै निजी विद्यालय बन्द हुने बताइएको छ। निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल ९प्याब्सन० का अध्यक्ष डिके ढुंगानाका अनुसार बिहीबारको आन्दोलनकै कारण उपत्यकाका चक्रपथभित्रका बस सञ्चालनमा रहेका २०० विद्यालय बन्द हुने भएका छन्। ‘प्याब्सनको निर्णयअनुसार विद्यालय बन्दको जिम्मेवारी स्कुलहरूलाई नै दिइएको छ,’ उनले भने, ‘प्याब्सनले आन्दोलन प्रभावित क्षेत्रका विद्यालय बन्दका लागि स्वनिर्णय गर्ने अधिकार दिइएको हो तर प्याब्सनले बन्दको निर्णय भने गरेको होइन।’

अध्यक्ष ढुंगानाले ललितपुरको सानेपास्थित आफ्नो रेडियन रिडर स्कुल बल्खुको नजिकै पर्ने भएकाले स्वतः प्रभावित हुने र बन्द रहने बताए। ‘बालबालिकालाई बन्दको त्रासमा पार्नुभन्दा घरमै आनन्दसँग बस्न दिनु उचित लाग्यो,’ उनले भने, ‘बिहीबारको शैक्षिक क्षति अन्य दिनमा पूरा हुन्छ।’ उनका अनुसार कतिपय स्कुल सञ्चालकहरूले आजको कक्षा अनलाइन सञ्चालन गर्नसमेत राजी भइसकेको अध्यक्ष ढुंगानाले जनाए। यो समाचार नागरिक दैनिकमा छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० 0८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट