sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राप्ती सोनारी-६ का वडाध्यक्ष खरेलले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १0:५९
राप्ती सोनारी-६ का वडाध्यक्ष खरेलले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षा ग्रेटर नेपालको नक्सा राखेको केही दिनपछि बाँके राप्ती सोनारी गाउँ पालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश दिन आफूले यसो गरेको खरेलले नेपाल प्रेसलाई बताए ।

‘प्रधानमन्त्रीले नि उही भारत गएर पनि नेपालविरुद्धको यो आवाज उठाउनुभएको, राष्ट्रियताप्रतिको भावनात्मक विचार आएर मैले यस्तो नक्सा राख्ने निर्णय गरेर कार्यान्वयन गरेको हुँ, भारतको हेपाहा प्रवित्तिविरुद्ध एकजुट हुनुपर्छ, काठमाडाैंका मेयर बालेनले हिम्मत गर्नुभएको सिको गरेको हुँ, वडा कार्यालयको बैठकले निर्णय गरेर राखेका हौँ’, उनले भने ।

‘यो हाम्रो पुरानो सांस्कृतिक नक्सा हो, हाम्रो इतिहास बोकेको नक्सा हो, यस्तो गौरवपूर्ण इतिहास नयाँ पिँढीलाई जानकारी दिन पनि आवश्यक हुन्छ भनेर मेरो सोच आयो, सरकारले नगरे अब सबै नेपालीले यो नक्सा राख्नुपर्दछ भन्ने मेरो आग्रह हो, मैले पालिका अध्यक्षलाई पनि यसरी नक्सा राखेको विषय जानकारी गराएको छु’, खरेलले भने ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलले वडाध्यक्षले आफ्नो कार्यकक्षमा त्यो नक्सा राखेको र पालिकामा नराखिएको बताए ।

‘पालिकामा राखिएको होइन, वडा नं ६ को वडाध्यक्षले राख्नुभएको हो, सबै पालिकामा राख्ने नीति आए हामीले पनि राख्छौँ’, उनले भने ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid