May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि….

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १२:१५
अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि….
  • अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि…
  • सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो युट्युबबाट हटाए
  • प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै
  • अनुमति नलिई पोशाक प्रयोग गर्न नमिल्ने बतायो 

काठमाडौं ।।

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि गायक सुशान्त केसीले आइतबार बेलुका सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो ‘झ्याल बाट’लाई युट्युबबाट हटाएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् । उक्त गीतमा अभिनेत्री उपासना सिंह ठकुरीलाई नेपाल प्रहरीको पोशाकमा देख्न सकिन्छ ।

गीतको कथाअनुसार हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा देखिएकी उपासनालाई जिस्काएको देखिन्छ । सुशान्तले यो भिडियोप्रति माफी माग्दै प्रहरीको पोशाक प्रयोग गरिएका केही दृश्यको पुनः छायांकन गरिने बताएका छन् । सुशान्त भन्छन्, ‘तपाईंहरु सबैलाई थाहा छ, हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यको लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौं टिमसँग बसेर ।

सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’ तर यो भिडियो हटाउन प्रहरी वा अन्य कुनै निकायले दबाब दियो कि दिएन भन्नेबारे उनले खुलाएका छैनन् । भदौमा गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियको एक दृश्य पनि विवादित बनेको थियो । त्यसबेला प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कुनै पनि भिडियोमा नेपाल प्रहरीको पोशाक प्रयोग गर्नुपर्ने भए अनिवार्य रूपमा अनुमति लिन भनेको थियो ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।