May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

हाइड्रोपावरले सानिमामाई १० प्रतिशत बोनस दिने

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:४६
हाइड्रोपावरले सानिमामाई १० प्रतिशत बोनस दिने
  • सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने
  • आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गर्यो 
  • लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने
  • सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्ने 

काठमाडौं ।।

सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । १५ असोज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाकेा लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २३ कात्तिकमा १२ औं वार्षिक साधराणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार २३ असोजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् । कम्पनीले ५६ मेगावट क्षमताको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम एक अर्ब ५० करोडसम्म लगानी गर्ने जनाएको छ । उक्त लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरू बीच सम्झौता गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । जुम खोला जलविद्युत आयोजनाको बैक कर्जा प्रयोजनका लागि प्रचलित कानूनले तोकेको सीमाभित्र रही संस्थागत जमानत दिने सम्बन्धमा, साधारण सभाको स्वीकृतिका प्रस्ताव पनि साधारणसभामा लैजाने कम्पनीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।