May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

झापाका पत्रकार सन्ताेष विष्टमाथि हातपात , कारवाही गर्न प्रेस युनियनको माग

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:0३
झापाका पत्रकार सन्ताेष विष्टमाथि हातपात , कारवाही गर्न प्रेस युनियनको माग

दमक/ झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार सन्तोष विष्टमाथि कार्यालय अगाडि हातपात भएकाे छ । गौरादह १ का मन्जिस थापाले नियोजित रुपमा उनिमाथि हातपात गरेकाेले पक्राउ गरी कारवाही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।

युनियन झापा जिल्ला समिति र माइपश्चीम क्षेत्रीय समितिले सोमबार विज्ञप्ती निकालेर अनलाइनल पत्रिका सजल सन्देश डटकम मार्फत पत्रकारितामा क्रियाशील विष्टमाथि गौरादहमा थापाले गत २० भाद्रमा पहिलो पटक र २४ भाद्रमा दोश्रोपटक सुनियोजित रुपमा आक्रमण प्रयास गरेको भन्दै दोषीमाथि कानुनी कारवाहीको माग गरेको हो ।

विज्ञप्तीमा पछिल्लो समय समाचारका स्थानीय बिषयहरुको उठान गर्दै विकृति, विसंगती विरुद्ध सशक्त आवाज उठाउँदै आएका विष्टमाथि भएको हातपात र आक्रमणको घटना सुनियोजित भएको युनियनको ठहर छ ।

२० भाद्रको राती समयमा कृष्णाष्टमी पर्वमा आयोजित कार्यक्रमस्थलमा रहेका विष्ट गौरादहमै भएको अर्को एउटा घटनाका बारेमा फोन मार्फत आएको जानकारीपछि घटनास्थल पुगेर आवश्यक सूचना लिई फर्किसकेको अवस्थामा आएर पहिलो पटक दुव्र्यवहार गरी देखाइदिन्छु भन्ने धम्की दिने थापाले नै दोश्रोपटक २४ भाद्रमा राती ९ बजे विष्ट आफनै कार्यालय अगाडी अन्य ३÷४ जनासँग कुराकानी गरि बसिरहेको अवस्थामा निहुँ खोजी हातपात गर्दै आक्रमण प्रयास गरेका थिए । विष्टसँगै रहेका अन्यले विष्टमाथि थप घटना हुनबाट रोकेका थिए ।

सजल सन्देश डटकममार्फत प्रकाशित विभिन्न समाचारका बिषयलाई लिएर विष्टलाई कतिपय मानिसहरुले फोन मार्फत धम्की दिइरहेकै समयमा भएको उक्त घटनाको पछाडी गम्भिर कारण हुन सक्ने प्रेस युनियनको अनुमान छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।