May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

मन्त्री दुर्घटना छानबिन गर्न समिति गठन

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:५४
मन्त्री दुर्घटना छानबिन गर्न समिति गठन

धनगढी।।

सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

  •  दुर्घटनाका छानबिन गर्न समिति गठन
  • सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन
  • १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने
  • दुर्घटनाको कारण भने खुलेको छैन

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी भएको बझाङको केदास्यूँ गाउँपालिकामा भएको दुर्घटनाको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी), सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेक बहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन् ।

समितिलाई सवारी दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाएर १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सु.प.प्र. ००१ झ. ४८० नम्बरको मंगलबार बझाङ्गको केदारस्यूँ गाउँपालिका-१ झारछडामा दुर्घटना भएको थियो।

दुर्घटनामा मन्त्री सिंहसहित उनकी धर्म पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। दुर्घटनामा मन्त्री सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण भने खुलेको छैन।

 

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट