May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु

गाउँपालिकाका अध्यक्षको कार्यबाहक वडाध्यक्षलाई बनाउन नमिल्ने अदालतको आदेश

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १६:३४
गाउँपालिकाका अध्यक्षको कार्यबाहक वडाध्यक्षलाई बनाउन नमिल्ने अदालतको आदेश
  • हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
  • वडाध्यक्ष अशोक सुब्बालाई कार्यबाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

काठमाडौं ।।

वडाध्यक्षलाई कार्यबाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसाताक्षी र कमलका प्रमुख जापान भ्रमणमा छन् । विदेश जाने क्रममा शिवसाताक्षी  नगरपालिकाका मेयर मेघाहाङ थोप्रा (रोशन) र कमल गाउँपालिकाका अध्यक्ष राईले उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यबाहक दिए । यसले आफ्नै पदीय तथा व्यक्तिगत मानमर्दन भएको दाबी गर्दै कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने अदालत गएकी थिइन् ।

उच्च अदालत, इलाम इजलासका न्यायाधीश मैनालीको इजलासले स्थानीय सरकार सञ्चालन ऐनमै ७ दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्षले कार्यभार सम्हाल्ने कानुनी व्यवस्था रहेको र पदसोपानमा अध्यक्षपछि उपाध्यक्ष हुने भएकाले वडाध्यक्ष अशोक सुब्बालाई कार्यबाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।