sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हत्यारालाई कारवाहीको माग गर्दै सडक अवरुद्ध

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १३:१९
हत्यारालाई कारवाहीको माग गर्दै सडक अवरुद्ध
  • मासु व्यवसायी कासिद अन्सारी मृत्यु प्रकरण
  • सडक अवरुद्ध गरेर प्रदर्शन
  • मासुको बाँकी रकम करिब ४० हजार रुपैयाँ लिन आउँदा
  • होटलमा कुटपिट गरी हत्या गरेको दाबी

विराटनगर ।।

मासु व्यवसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका छन् । र्यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ नगरेको भन्दै सोमबार आफन्त र स्थानीयले रंगेली विराटनगर सडक खण्डको कर्सिया बजार क्षेत्रमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु  पुर्याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको थियो । नर्सिङहोममा उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।

रहस्यमय मृत्यु प्रकरणमा पीडित किटानी जाहेरी दिँदासमेत अनुसन्धान नगरेको आफन्तको गुनासो छ । मृतक अन्सारीका भाइ माजिद अन्सारीले मृत्यु भएको एकसाता वितिसक्दासमेत प्रहरीको आरोपीलाई पक्राउ नगरेको बताए । आफन्तले घटनाको निष्पक्ष छानबिनका लागि सीआईबीको टोली माग गरेका छन् ।

पीडित परिवारले गिरिश खतिवडासँगै क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले घटनाको निष्पक्ष छानविन भइरहेको बताए । पोष्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको विस्तृत विषय खुल्ने उनले बताए ।

प्रहरी स्रोतका अनुसार होटलमा लगाएको सिसामा ठोक्किंदा सिसाले मृतकको तिघ्रामा गहिरो चोट लागेको थियो । आफन्तले भने मासुको बाँकी रकम करिब ४० हजार रुपैयाँ लिन आउँदा होटलमा कुटपिट गरी हत्या गरेको दाबी गरिरहेका छन् ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid