November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ऊर्जा उत्पादकहरु विद्युत प्राधिकरणसंग सन्तुष्ट भएनन्

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १0:५५
ऊर्जा उत्पादकहरु विद्युत प्राधिकरणसंग सन्तुष्ट भएनन्
  • नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि
  • ऊर्जा उत्पादकहरुले विरोध
  • प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको

काठमाडौं ।।

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले विरोध जनाएका छन् । उनीहरुले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको दाबीसमेत गरेका छन् ।

प्राधिकरण र ऊर्जा उत्पादकहरुबीच वर्षायाममा १० प्रतिशतसम्म लोड घटाउन भन्नसक्ने उल्लेख हुने गरेको छ । सोही आधारमा प्राधिकरणले वर्षायाममा बढी उत्पादन हुने र खपत हुन नसकेर खेर जाने भएकाले बिजुली उत्पादन घटाउन भनेको छ । तर प्रसारण लाइनको क्षमता हुँदाहुँदै पनि प्राधिकरणले उत्पादन घटाउन लगाएको आरोप लगाउँदै प्राधिकरणविरुद्ध अदालत जान परे पनि जाने इप्पानले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत आयोजना डुब्दा त्यसको असर धेरै ठाउँमा पर्ने बताए । प्राधिकरणले ‘टेक अर पे’ भनेर विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेपछि आयोजना बन्द भएपनि त्यसको पैसा दिनुपर्ने कार्कीको भनाइ छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले ४० लाख सर्वसाधारण लगानीकर्ता र सबै बैंकहरूको लगानी रहेको यो क्षेत्रलाई खेलाँचीका रुपमा लिएको बताए । ‘४० करोड रुपैयाँ पूँजी रहेको कम्पनीको २२ करोड रुपैयाँको विद्युत खेर फालेपछि कम्पनी कसरी चल्छ ?’ उनले भने, ‘अहिले ३० आयोजनाको ५०० मेगावाट विद्युत प्राधिकरणले खेर फालिरहेको छ ।’

इप्पानका सल्लाहकार तथा ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले प्रसारणलाइनको क्षमता हुँदाहुँदै बदनियतपूर्ण ढंगले विद्युत प्राधिकरणले विद्युत खेर फालेको बताए ।

विद्युत प्राधिकरण स्रोतका अनुसार कतिपय स्थानमा उत्पादकहरु आफैंले र कतिपय स्थानमा प्राधिकरणले पूर्वाधार बनाउन नसकेका कारण रातिको समयमा कुनै दिन अधिकतम १०० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिएको छैन । साथै बाढीले क्षति पुर्याएको र प्राविधिक समस्या आएका कारण पनि बिजुली उत्पादन प्रभावित भएको छ ।

२५ मेगावाटको काबेली बी वान, ९.९४ मेगावाटको काबेली बीवान क्यासकेड, ९.९ मेगावाटको इवा खोला, १४.९ मेगावाटको हेवाखोला ए, २२ मेगावाटको लोवर हेवामा बाढीले क्षति पुर्याउँदा ८१.७४ मेगावाट बिजुली उत्पादन हुन सकेको छैन ।

यस्तै ७.५ मेगावाटको अपर खोरुङको एउटा युनिटमा समस्या आएर ३.५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । ८६ मेगावाटको सोलु दूधकोशीबाट पनि एउटा युनिटमा समस्या आएर २८.६ मेगावाट मात्र उत्पादन भइरहेको छ । २७ मेगावाटको दोर्दीबाट १८ मेगावाट र घलेम्दीको पेनस्टकमा समस्या आएर ५ मेगावाट बिजुली पनि उत्पादन हुन सकेको छैन ।

प्राधिकरणले पीपीए गर्नुभन्दा पहिला कनेक्सन एग्रिमेन्ट गराउँदा ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनलाई देखाएर विद्युत प्राधिकरणले लोड तलमाथि गराउन सक्नेछ भन्ने बुँदा राखेकाले उक्त बुँदा खारेज गर्नुपर्ने प्रवर्द्धकहरुको माग छ ।

यसैबीच लोड घटाउँदा परेको असरसहितको प्रतिवेदन तयार पार्न इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा इप्पानको तर्फबाट लामासँगै कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, सदस्य मिथुन पौडेल छन् भने प्रवर्द्धकका तर्फबाट करिडोर अनुसार ६ जना सदस्य राखिएको छ । सदस्यमा अर्जुनप्रसाद गौतम, सुजन पौडेल, सतिश न्यौपाने, वीरबहादुर घले, मोहन कार्की र उत्तम अमात्य छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्