April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:५0
जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

शुक्रबार साँझ ११ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् । यस्तैमा, विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले भूकम्प प्रभावितका लागि आर्थिकदेखि खाद्यान्न-लत्ताकपडा सहयोग गरिरहेका छन् ।

अभिनेता तथा मोडल पल शाहले पनि आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले आफू संलग्न हाम्रो टिम नेपालको मार्फत् ५० हजार सहयोग गरेको जानकारी फेसबुकमार्फत् गराएका छन् । भूकम्पले धेरै घरहरु भत्किएकाले नागरिकहरु खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्दार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले भने भूकम्पपछि नेताहरु हेलिकप्टरबाट जाजरकोट जान थालेकोप्रति कटाक्ष गर्दै फेसबुकमा लेखेकी छन्, ‘यस्तो दुःखद अवस्थामा हेलिकोप्टर लिएर भ्रमणमा निस्किनुहुने नेताज्यूहरूलाई अनुरोध छ कि तपाईंहरु उड्ने हेलिकोप्टरमा उद्धारकर्मी र राहत सामाग्री पठाइदिनुस् । पीडितलाई तपाईंको अनुहारभन्दा उद्धारकर्मी र राहतकर्ताको अनुहार आफ्नो लाग्छ ।’

निर्देशक तथा अभिनेता आकाश अधिकारीले आफूसँग भएको ५०/७० पिस ठूला त्रिपालहरु भूकम्प प्रभावित क्षेत्रमा सहयोग गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरले भूकम्प पीडितको राहत, उपचार र उद्दारमा कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छन् । अन्य कलाकारहरुले पनि भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।