May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

ओली : गुरु कुट्नेलाई प्रोत्साहन दिएर मुद्दा फिर्ता गर्नु गलत हो

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० ११:0४
ओली : गुरु कुट्नेलाई प्रोत्साहन दिएर मुद्दा फिर्ता गर्नु गलत हो
  • गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गर्यो 
  • गुरु कुट्नेहरुलाई संरक्षण र प्रोत्साहन गर्नु ठिक हैन 
  • आजकाल गुरु कुट्ने संस्कृति छ
  • बडा दुखद् कुरा हो यो
  • प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै ओलीले भने, ‘आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद् कुरा हो यो ।’

गुरुलाई देवतासमान मान्ने देशमा कुटपिट हुनु दुःखद भएको बताउँदै उनले थपे, ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’

अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्दै मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताए ।

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट