April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

तोकिदिएको तलब स्केल नघटाई दिनुपर्ने बालेनको निर्देशन

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १४:१९
तोकिदिएको तलब स्केल नघटाई दिनुपर्ने बालेनको निर्देशन
  • सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने मेयर शाहको निर्देशन 
  • तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने
  • महानगरमा ५ सय ४० वटा संस्थागत विद्यालयहरु छन्
  • शिक्षकहरुको तलब स्केल नदिएको भन्ने गुनासो

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयका शिक्षकहरुको तलब कम भएको भन्दै उनले नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई शिक्षकहरुलाई तलब उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका हुन् ।
शिक्षा ऐन, २०२८ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको मेयर शाहले स्मरण गराएका छन् ।

सरकारले तोकिदिएको तलब सुविधा प्राप्त नभएमा महानगरको शिक्षा विभागमा सम्पर्क गर्न मेयर शाहले अनुरोध गरेका छन् । महानगरको शिक्षा विभागका अनुसार महानगरमा ५ सय ४० वटा संस्थागत विद्यालयहरु छन् ।

शिक्षा विभागमा अधिकांश संस्थागत विद्यालयले ऐन अनुसार शिक्षकहरुको तलब स्केल नदिएको भन्ने गुनासो आएको महानगरले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट