sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केपी ओली धान रोप्दै

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १0:३३
केपी ओली धान रोप्दै
  • केपी ओलीले नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने
  • असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था

चितवन ।।

असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् ।

विहीबार दिउँसो चितवन आएका ओलीले भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर १५ असार मनाउने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजाने न्यौपानेले बताए ।

एमाले निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले धान रोपाइँको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार करिब ३ विघा जग्गामा धान रोपाइँ गर्ने कार्यक्रम छ । बोरिङ्गबाट तानिएको पानीले खेत भिजाइएको छ । ‘बाउसे, अन्य रोपाहारहरु पनि हुन्छन्, पन्चैबाजा बजाउने, असारे भाका गाउने, लोक दोहोरी सुन्ने रमाउने कार्यक्रम पनि छ’ महासंघका अध्यक्ष दंगालले भने, ‘असार १५ भएकोले केरा, दहीचिउरा खाने व्यवस्था पनि स्थानीयवासिन्दाले मिलाउनुभएको छ ।’

ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिरया गर्ने र छोटो अनौपचारिक सम्वोधन पनि गर्ने कार्यक्रम तय भएको छ । चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको किसान महासंघका अध्यक्ष दंगालले जानकारी दिए ।

खेत रोप्न जानु अगाडि एमाले अध्यक्ष ओलीले जगतपुरमा रहेको व्यवसायी यज्ञ सुवेदीको केरा फर्मको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । सुवेदी चितवनका पुराना केरा व्यवसायी हुन् । बोटमा नै पाकेका केरा ओलीलाई खुवाउने भनेर राखेको सुवेदीले बताए । केरा फर्ममा एमाले अध्यक्ष ओली आउन लागेकोमा आफूलाई खुसी लागेको उनले बताए ।

रोपाइँ कार्यक्रम पछि भने ओली रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा त्यहाँका कृषिका विद्यार्थी, कृषि विज्ञ तथा प्राविधिकहरूसँग अन्तर्क्रिरया गर्ने कार्यक्रम तय गरिएको छ । त्यस कार्यक्रमलाई सहजीकरण गर्न पूर्व मिस नेपाल सुगरिका के.सी. र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी चितवन आउने कार्यक्रम छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid