May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सुन तस्करी प्रकरणमा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १९:५४
सुन तस्करी प्रकरणमा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डाै – विद्युतीय चुराेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा राहुल महरालाई काठमाण्डाै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

आज शुक्रवार न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो ।

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा अस्ति बुधवार सरकारी वकिल कार्यालय काठमाण्डाैले चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिल कार्यालयलाई राहुल महरासहित तीन जनाविरुद्ध सङ्गठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सीआईबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ । भेप प्रकरणमा प्रतिवादी बनाइएकाहरू विरुद्ध आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो कायम गर्न पनि सीआईबीले सुझाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।