sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर प्रदेश मुख्यमन्त्रीहरुको भेला सुरु

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १३:१0
अन्तर प्रदेश मुख्यमन्त्रीहरुको भेला सुरु
  • पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ।
  • प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो।
  • भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन्।

पोखरा ।।

पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् ।
दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्नेछन् ।

भोलि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषदको बैठक पनि बस्ने छ । ऐन बनेको ३ वर्षपछि शनिबार पहिलो पटक पोखरामा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

भेलाको उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले संघीयताका विरुद्ध जोडजोडका साथ जनमत सिर्जना गर्ने काम भइरहेको आरोप लगाए । प्रदेश सरकार स्थापना भएको छैटौं वर्षसम्म आइपुग्दा राजधानी ताक्ने, नामाकरण गर्ने काम र ऐनकानुन बनिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

संघीयता कार्यान्वयनमा सहजताका लागि अन्तर प्रदेश बैठक राखिएको पाण्डेको भनाइ थियो । संघले कानुन नबनाइदिएका कारण प्रहरी समायोजन, प्रहरी परिचालनमा समस्या देखिएको छ । जग्गा प्राप्तिको समस्यादेखि कर्मचारी सरुवासम्म प्रदेशले दुख खेपिरहेको पाण्डेले कार्यक्रममा बताए ।

प्रदेशको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीहरुको भेलाले सहयोग पुग्ने पाण्डेले बताए । संघीय सरकारले नेतृत्वसहित मार्गदर्शन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid