sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

३ सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १0:२९
३ सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार
  • दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने ।
  • आउँदो साउन १ गतेदेखि लागू हुने छ ।

बुटवल ।।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तो व्यवस्था गरेको जनाएको छ ।
यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ ।

यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष कार्यक्रमलाई थप बजेट छुट्याउने जनाएको छ । दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

जनसंख्या बढी भएको देशमामात्रै विकास भएको भन्दै जनसंख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै भएको उनको दाबी छ । वडा अध्यक्ष पोख्रेलका अनुसार वडामा जनसंख्या पनि कम रहेको र दक्ष जनशक्तिको पनि अभाव देखिएकाले वडाका जनतालाई सन्तान उत्पादनमा जोड दिने गरी यो कार्यक्रमको घोषणा गरिएको हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनसंख्या थियो । तर जनगणना २०७८ अनुसार ३ सय जनसंख्या घटेर जम्मा २ हजार ६० मा आएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए ।

वडाको घट्दो जनसंख्याको अवस्थाले थप चिन्ता बढाएका कारण दीर्घकालीन योजनाका साथ वडाले यो घोषणा गरेको उनले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid