May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

स्वास्थ्य विज्ञान प्रतिष्ठान बालकको मृत्युपछि तनावग्रस्त

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १२:१३
स्वास्थ्य विज्ञान प्रतिष्ठान बालकको मृत्युपछि तनावग्रस्त
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त
  • मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ
  • आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा प्रभावित

दाङ ।।

बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान तनावग्रस्त बनेको हो ।

मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षका आक्रोश नेपालीको मुत्यु भएपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका बालकको बिहीबार बिहान मृत्यु भएको थियो ।
मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका हुन् ।

बिहीबार पनि पीडितले प्रतिष्ठान घेराउ गरेका थिए । बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ । आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ । प्रतिष्ठानमा पीडित पक्षको आन्दोलन चर्किदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गरिरहेको छ ।

आन्दोलन हिंसात्मक हुन नदिन प्रतिष्ठानमा सुरक्षाा व्यवस्था कडाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताए । बिहीबार मृतकका परिवार र अस्पतालबीच छलफल भए पनि सहमति हुन सकेको थिएन ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १२:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।