May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

विदेशमन्त्री लूसंग आजै उच्चस्तरीय भेटघाट हुने

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १२:२६
विदेशमन्त्री लूसंग आजै उच्चस्तरीय भेटघाट हुने
  • अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगे
  • आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने
  • चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि भेटघाट गर्ने
  • प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुने

काठमाडौं ।।

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।