May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

दर्शक कुट्ने खेलाडी ३ महिना प्रतिबन्ध

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १३:११
दर्शक कुट्ने खेलाडी ३ महिना प्रतिबन्ध
  • दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही
  • ३ महिनाको प्रतिबन्ध
  • आगामी दिनमा यस्तो कार्य  नदोहोर्याउन चेतावनी

काठमाडौं ।।

नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका खेलाडीले दर्शक कुटेका थिए ।

दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ ।

भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाहीकव् निर्णय गरेको संघका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

आर्मीकै ब्लकर रहेका दुर्गा खड्कालाई भने आगामी दिनमा यस्तो कार्य  नदोहोर्याउने गरी चेतावनी दिएर छोडिएको श्रेष्ठले जानकारी दिए । दुर्गाले प्रतियोगितामा उत्कृष्ट ब्लकरको उपाधि पनि जितेका थिए । आर्मीका कप्तानसमेत रहेका हरिहजुर थपालाई राष्ट्रिय टिमको कप्तानबाटसमेत बर्खास्त गरिएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।