sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सीताले बाँचुन्जेल कसैलाई पीडा दिइनन् छिट्टै मृत्यु रोजिन् : प्रचण्ड

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:३७
सीताले बाँचुन्जेल कसैलाई पीडा दिइनन् छिट्टै मृत्यु रोजिन् : प्रचण्ड
  • प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिए
  • शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन राहत मिल्यो 
  • बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्

काठमाडौं ।।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए । उनले देश र समाजप्रति जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको पनि बताए ।

उनले छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म सीताले त्यसको पीडा सामना गरेको बताए । “पछिल्ला वर्षमा हामीले एक छोरी र छोरा दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु  व्यहोरयौँ  ,”  प्रचण्डले भने, “शरीरले साथ दिँदासम्म यो पीडामा उनी पनि दृढताका साथ उभिएर नै  रहिन् । र, त्यो पीडाको सामना गरिरहिन् ।”

सीता बिरामी हुँदा राज्यकोषबाट कुनै सुविधा नलिएको र हुन सक्ने उपचार पद्धति अपनाइएको उनले जानकारी गराए । “उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिकैन हामीले उपलब्ध र लाभदायी हुन सक्ने सबै खालको पद्धतिबाट उपचारको प्रयास पनि गरिरह्यौँ,” उनले भने ।

सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने लागेको भन्दै उनले मृत्यु शान्त रोजेको बताए । “उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो । अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो,”

प्रचण्डले भक्कानिँदै भने, “तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे हामी सबैबाट बिदा भइन् ।” सीता दाहालको गएको असार २७ गते उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid