April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:५२
श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको छ । श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत हुँदै आएको भन्दै सोही आधारमा अनलाइन मार्फत नै लिन सबैमा अनुरोध गरेको हो ।

वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ । उपलब्ध जनशक्तिको आधारमा दैनिक (टोकन) खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले भौतिक रूपमा कार्यालयमै उपस्थित नहुन अनुरोध गरेको हो ।

टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृति सम्बन्धी सेवा प्रदान गरिने प्रतिबद्धता विभागको छ ।

श्रम स्वीकृति नभई हवाई टिकट नलिन र कार्यालयमा भौतिक रूपमा उपस्थित समेत नहुन सबैमा विभागले अनुरोध गरेको हो । केही समय अघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भीड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।