sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

त्रिविको प्रश्नपत्र त्रुटिको दोषीलाई तत्कालै कारबाही गर्न माग

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १४:१४
त्रिविको प्रश्नपत्र त्रुटिको दोषीलाई तत्कालै कारबाही गर्न माग
  • दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुको माग
  • त्रिविको समग्र परीक्षा प्रणालीमा भइरहेको लापरबाही अन्त्य हनुपर्ने 
  • दोषीलाई कारबाही नगरेको खण्डमा
  • जिम्मेवार त्रिवि स्वयं हुनुपर्ने चेतावनी

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तेस्रो वर्ष ‘इन्टरडक्सन टू टुरिजम डेभलप्मेन्ट’ विषयको प्रश्नपत्र त्रुटि घटनका दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघलगायतले विज्ञप्ति जारी गर्दै तत्काल छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
“त्रिविको समग्र परीक्षा प्रणालीमा भइरहेको लापरबाही अन्त्य गर्दै दोषीलाई कारबाही नगरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार त्रिवि स्वयं हुनुपर्ने चेतावनी समेत दिन चाहन्छौँ,” नेपाल विद्यार्थी संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भित्रि कुरा 

सोमबार त्रिवि मानविकी संकाय स्नातक तेस्रो वर्षको इन्टरडक्सन टू टुरिजम डेभलपमेन्ट विषयको परीक्षा थियो । प्रश्नपत्रमा दुई समूहमा सोधिएका नौमध्ये ६ वटा प्रश्न भारतको टुरिजम र इतिहाससँग सम्बन्धित थिए । जुन सम्बन्धित विषयको पाठ्यक्रमभन्दा बाहिरको विषय हो ।

प्रश्नपत्रमा त्रुटि भएको विषयमा विद्यार्थीको विरोध भएपछि झण्डै ५० मिनेट परीक्षा अवरुद्ध भइसकेपछि पुनः दोस्रो प्रश्नपत्र बाँडिएको थियो । परीक्षाको माहोल बिग्रिएपछि कतिपय विद्यार्थी दोस्रो प्रश्नपत्रमा समेत परीक्षा नदिएर बाहिरिएका थिए ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्रमा त्रुटि भएको स्वीकार गरेका छन् । त्रिवि मानविकी संकायको डिन कार्यालयले घटनाको छानबिन भइरहेको जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid