December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० ११:५१
राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का
  • अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित राजवंशी घाइते भए
  • शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहने
  • उनको बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया  गर्ने तयारी हुँदै 

काठमाडौँ ।। 

१९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ। अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित राजवंशी घाइते भएका छन्। बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा ललितको क्लोज राइट क्लाभिकल फ्राक्चर डाइगनोस (ब्यूटिबोन) भएको छ। ललितको बुधबार नै बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिँदैछ। शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहनेछन्।

दायाँ हातको ब्युटीबोनमा चोट लागेपछि उनलाई बुधबार नेशनल अस्पताल कलंकी लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनको बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया हुँदैछ।  घाइते भएसँगै ललितले १९ औँ एसियाड गुमाउनेछन्। एसियाडमा पुरुष क्रिकेटका खेलहरु २७ सेप्टेम्बरदेखि ८ अक्टोबर सम्म हुँदैछ।

समूह ‘ए’ मा रहेको नेपालले १० गते बुधबार मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्दैछ। समूहका शीर्ष टोलीले अन्तिम आठमा स्थान बनाउनेछन्। क्वार्टरफाइनमा भारत, पाकिस्तान, श्रीलंका, बंगालदेशले सिधै स्थान बनाइसकेका छन्।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।