काठमाडौं ।।
बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो ।
अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । सबैभन्दा लामो समयदेखि गैरहाजिर भएका प्रहरी जवान सप्तरीका नरेन्द्र कुमार साह छन् । प्रहरी चौकी सतिघट्टा झापा दरबन्दी भएका उनी २०७९ चैत २७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् ।