May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसियन क्रिकेट टिम घोषणा

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १४:४४
एसियन क्रिकेट टिम घोषणा
  •  क्रिकेट संघ (क्यान) ले गर्यो खेलाडीको नामावली घोषणा
  • क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषदलाई बुझायो 
  • विवेकको १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन

काठमाडौं ।।

१९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद (राखेप) मा बुझाइसकेको छ ।

टी-२० फम्र्याटमा हुने खेलका लागि विवेकले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । विनोद भण्डारी र अभिनाश बोहोराले पनि एकदिवसीय फम्र्याटका खेलमा टिप बाहिर थिए ।

हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भिम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदको टिममा छैनन् ।

एसियनका लागि क्रिकेट टिम

रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट