sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौंमा ढल ओभरफ्लो भई फोहोर सहितको लेदो बस्तीभित्र पसेपछि…..

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १६:0१
काठमाडौंमा ढल ओभरफ्लो भई फोहोर सहितको लेदो बस्तीभित्र पसेपछि…..
  • खोलामा आएको बाढी काठमाडौंको सामाखुशीभित्र छिर्यो 
  • बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त
  • फोहोर सहितको लेदो बस्तीमा पस्दा जनजीवन प्रभावित
  • महानगरले सामाखुशी भित्रै डोजर प्रयोग गरेर अहिले लेदो तथा बालुवा फाल्दै 

 काठमाडौं ।।

शनिबार राति परेको अविरल वर्षाका कारण सामाखुशी खोलामा आएको बाढी काठमाडौंको सामाखुशी मार्ग क्षेत्रमा पसेको छ । जसका कारण सो क्षेत्र अहिले अस्तव्यस्त बनेको छ । सामाखुशीको बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त बनेको स्थानीयहरु बताउँछन् ।

बाढीका कारण सामाखुशी खोलामा पानीको सहत बढ्दा वरिपरिका ढल ओभरफ्लो भई फोहोर सहितको लेदो बस्तीमा पस्दा जनजीवन प्रभावित बनेको महानगरको भनाइ छ । ‘ठूलो पानी पर्दा नदीको सतह बढेर सामाखुशी क्षेत्रमा बाढी पसेको हो । अहिले रेर्डन कलेज छेउछाउको क्षेत्र हिलो र फोहोर सहित भरिएको छ । हामी सफा गर्दै छौं,’ महानगर नगर प्रहरी नायव उपरीक्षक पूर्ण भट्टले भने ।

महानगरले थप जनशक्ति ल्याएर सामाखुशीको बाढी पसेको क्षेत्र सफा गरिरहेको र खोलालाई गहिरो बनाइरहेको उनले बताए । ‘यो अहिले हामीले खोलेर ढल पसेको होइन, सधैंको समस्या हो, नदीमा बहाव बढ्दा अहिलेको अवस्था आएको हो,’ भट्ट भन्छन् ।

नगर प्रहरीले नदी सतह भन्दा माथि छोपिएको कन्क्रिट ढलान र रडहरु हटाउँदै खोला पनि सफा गरिरहेको भट्टले बताए । ‘अघिल्ला वर्षहरुमा पनि यो समस्या आउँथ्यो तर यो पटक पानी ठूला परेको र सामाखुशीमा लेदो, बालुवा जमेकोले ओभरफ्लोको कारण बस्तीमा ढल छिरेको हो,’ उनी भन्छन् ।

काठमाडौं महानगरपालिकाले सामाखुशी भित्रै डोजर प्रयोग गरेर अहिले लेदो तथा बालुवा हटाइरहेको छ । मेयर बालेन्द्र शाहका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्सालले नदी र ढल एकै ठाउँमा बग्दा समस्या आएको बताए ।

‘ढल र नदी एकै ठाउँमा बग्दा यस्तो समस्या देखिएको हो । नदीमा पानी मात्रै बगेको भए समस्या हुँदैन थियो । ढलमा आएको फोहोर र लेदो पनि नदीमा मिसेपछि अस्तव्यस्त हुने नै भयो,’ उनी भन्छन् । लम्सालले खोला र ढल अलग -अलग बनाउनेगरी अहिले सामाखुशी नदी माथिको संरचना हटाएको बताए ।

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid