May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

काठमाडौंमा ढल ओभरफ्लो भई फोहोर सहितको लेदो बस्तीभित्र पसेपछि…..

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १६:0१
काठमाडौंमा ढल ओभरफ्लो भई फोहोर सहितको लेदो बस्तीभित्र पसेपछि…..
  • खोलामा आएको बाढी काठमाडौंको सामाखुशीभित्र छिर्यो 
  • बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त
  • फोहोर सहितको लेदो बस्तीमा पस्दा जनजीवन प्रभावित
  • महानगरले सामाखुशी भित्रै डोजर प्रयोग गरेर अहिले लेदो तथा बालुवा फाल्दै 

 काठमाडौं ।।

शनिबार राति परेको अविरल वर्षाका कारण सामाखुशी खोलामा आएको बाढी काठमाडौंको सामाखुशी मार्ग क्षेत्रमा पसेको छ । जसका कारण सो क्षेत्र अहिले अस्तव्यस्त बनेको छ । सामाखुशीको बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त बनेको स्थानीयहरु बताउँछन् ।

बाढीका कारण सामाखुशी खोलामा पानीको सहत बढ्दा वरिपरिका ढल ओभरफ्लो भई फोहोर सहितको लेदो बस्तीमा पस्दा जनजीवन प्रभावित बनेको महानगरको भनाइ छ । ‘ठूलो पानी पर्दा नदीको सतह बढेर सामाखुशी क्षेत्रमा बाढी पसेको हो । अहिले रेर्डन कलेज छेउछाउको क्षेत्र हिलो र फोहोर सहित भरिएको छ । हामी सफा गर्दै छौं,’ महानगर नगर प्रहरी नायव उपरीक्षक पूर्ण भट्टले भने ।

महानगरले थप जनशक्ति ल्याएर सामाखुशीको बाढी पसेको क्षेत्र सफा गरिरहेको र खोलालाई गहिरो बनाइरहेको उनले बताए । ‘यो अहिले हामीले खोलेर ढल पसेको होइन, सधैंको समस्या हो, नदीमा बहाव बढ्दा अहिलेको अवस्था आएको हो,’ भट्ट भन्छन् ।

नगर प्रहरीले नदी सतह भन्दा माथि छोपिएको कन्क्रिट ढलान र रडहरु हटाउँदै खोला पनि सफा गरिरहेको भट्टले बताए । ‘अघिल्ला वर्षहरुमा पनि यो समस्या आउँथ्यो तर यो पटक पानी ठूला परेको र सामाखुशीमा लेदो, बालुवा जमेकोले ओभरफ्लोको कारण बस्तीमा ढल छिरेको हो,’ उनी भन्छन् ।

काठमाडौं महानगरपालिकाले सामाखुशी भित्रै डोजर प्रयोग गरेर अहिले लेदो तथा बालुवा हटाइरहेको छ । मेयर बालेन्द्र शाहका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्सालले नदी र ढल एकै ठाउँमा बग्दा समस्या आएको बताए ।

‘ढल र नदी एकै ठाउँमा बग्दा यस्तो समस्या देखिएको हो । नदीमा पानी मात्रै बगेको भए समस्या हुँदैन थियो । ढलमा आएको फोहोर र लेदो पनि नदीमा मिसेपछि अस्तव्यस्त हुने नै भयो,’ उनी भन्छन् । लम्सालले खोला र ढल अलग -अलग बनाउनेगरी अहिले सामाखुशी नदी माथिको संरचना हटाएको बताए ।

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट