sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक हजार ६०३ चिकित्सक ५ वर्षअघि नै सीआईबीको रेकर्डमा

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १२:00
एक हजार ६०३ चिकित्सक ५ वर्षअघि नै सीआईबीको रेकर्डमा
  • ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै सीआईबी संग 
  • नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ
  • ब्यूरोले १६ जनालाई पक्राउ गरेर मुद्दा चलाउने
  • ६ जना मात्र सीआईबी हिरासतमा

काठमाडौं ।।

नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको खुलेको छ । सीआईबीले १५ फागुन २०७५ मा गरेको पत्राचार अनुसार काउन्सिलले २७ असोज २०७६ मा एक हजार ६०३ जना चिकित्सकको विवरण उपलब्ध गराएको खुलेको हो ।

नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ परेका अर्कै डा. रञ्जितकुमार यादवको प्रमाण पत्र भुलबस संलग्न भएको भन्दै काउन्सिलले लेखेको पत्रमा १६०३ जनाको नाम पहिल्यै उपलब्ध गराइएको पनि उल्लेख छ ।

रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेको पत्रमा पछिल्लो समय ब्यूरोले ४ चैत २०७७ मा फेरि काउन्सिललाई पत्र लेखेको भनिएको छ । त्यसको आधारमा काउन्सिलले २८ मंसिर २०७८ मा थप कागज पत्र पठाएको देखिन्छ ।

पत्रका आधारमा ब्यूरोलाई नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मासहित चिकित्सकहरुको विवरण डेढ वर्षअघि नै काउन्सिलले पठाएको देखिन्छ । सीआईबीले २५ साउनमा कांग्रेस सांसद् शर्मासहित चिकित्सकहरुलाई ‘अपरेशन चार्ली फोक्स्टर’ चलाएर पक्राउ गरेको थियो ।

ब्यूरोले १६ जनालाई पक्राउ गरेर मुद्दा चलाउने गरी सूची तयार गरे पनि अदालतले शर्मालाई हिरासतमा राख्न म्याद नदिएपछि छुटेका छन् । त्यस्तै डा. यादव पनि प्रमाण पत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।

अब यो प्रकरणमा ६ जना मात्र सीआईबी हिरासतमा छन् । सांसद् शर्माले प्रतिनिधिसभामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको १५ दिनपछि ब्यूरोले नक्कली प्रमाण पत्र बाहक चिकित्सकविरुद्ध अपरेशन चलाएको थियो ।

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid