April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

विश्वकप जितेर जर्सी उचाल्दै गर्दा बुबा गुमाएको खबर सुनेपछि…..

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १४:0८
विश्वकप जितेर जर्सी उचाल्दै गर्दा बुबा गुमाएको खबर सुनेपछि…..
  • स्पेनलाई ओल्गाले महिला विश्वकप फुटबल विजेता बनाईन्
  • इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान उत्रिएकी थिइन् ओल्गा
  • ओल्गाको ध्यान नबिग्रियोस् भनेर उनका दाजु-आमालाई लिएर पुगे 
  • विश्वकप जितेको खुसी मनाएपछि मात्रै आफ्ना पिताको निधनको समाचार सुनिन् 

 काठमाडौं ।।

स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो ।

तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान उत्रिएकी उनलाई त्यसको छनक थिएन । खेलको पहिलो हाफमा निर्णयक गोल गरेकी उनले विश्वकप जितेको खुसी मनाएपछि मात्रै आफ्ना पिताको निधनको समाचार सुनिन् ।

स्पेनिस मिडिया रेलिभोको अनुसार, उनका आमा र परिवारले विश्वकपमा गएकी ओल्गाको ध्यान नबिग्रियोस् भनेर उनलाई बुबाको मृत्युको खबर दिएका थिएनन् । शुक्रबार बुबाको निधन भए पनि उनका दाजु आमालाई लिएर विश्वकप फाइनलको दिन उनको हौसला बढाउन अष्ट्रेलिया पुगेका थिए ।

रोयट्र्सका अनुसार उनका बुवा लामो समयदेखि बिरामी थिए । २३ वर्षीय ओल्गाले बाबुको निधन भएकोथाहा पाएपछि सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई थाहा छ तपाईंले मलाई हिजो बेलुका हेर्नुभयो । तपाईंलाई म माथि गर्व भयो होला, तपाईंको आत्माले शान्ति पाओस् बुबा ।’

उनले त्यसैमा थप्दै लेखिन्, ‘मलाई थाहा थिएन । खेल सुरु हुनअघि नै मेरो लागि एउटा चम्किलो ताराले मलाई केही विशेष पाउन शक्ति दिइरहेको थियो ।’

फुटबल संघ (आरएफईएफ) ले पनि उनको बुवाको निधनमा सहानुभुति जनायो । ‘फुटबलमा एक खुसी थपिँदैगर्दा एक दुखद खबर पनि सुनियो, हामी ओल्गा र ओल्गाको परिवारप्रति हार्दिक सहानुभुति प्रकट गर्दछौं । ओल्गा तिमीलाई धेरै माया, तिमी स्पेनिस फुटबलको इतिहास हौं ।’

त्यस्तै उनको क्लब रियल मड्रिडले पनि उनलाई बुवाको मृत्युपश्चात समवेदना प्रकट गरेको छ । आफ्नो बुबाको मृत्युको बारेमा अनभिज्ञ उनले विश्वकप फाइनलमा गोल गरेपछि उनले आफ्नो माथिको जर्सी उचाली एक नाम देखाएकी थिइन् ‘मिर्ची’ ।

खेलसकेपछि उनले त्यो नाम एक जना आमा गुमाएकी साथीका लागि समवेदना भएको बताएकी थिइन् । जतिबेला उनले साथीलाई समवेदना दिएकी थिइन्, त्यतिबेला उनी आफैं पिता गुमाएको शोकमा थिइन् ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।