sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेसले सबैलाई काम गर्ने र गरिखाने वातावरण बनाउँछ : प्रकाशमान सिंह

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० ११:४३
कांग्रेसले सबैलाई काम गर्ने र गरिखाने वातावरण बनाउँछ : प्रकाशमान सिंह
  • काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने 
  • पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ
  • सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने
  • योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने

 काठमाडौं ।।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताए । आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

उनले अब आर्थिक क्रान्तिको बेला भएकाले पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने बताए । राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए । केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् ।’ हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो ।

कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए । खाली इतिहासको मात्र कुरा गर्छ भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘कांग्रेसको इतिहास छ, इतिहासको कुरा गर्छ र जनचाहना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जनतामाझ जान्छ,’ उनले भने, ‘जुन पार्टीको इतिहास नै छैन, उसले के कुरा गर्छ ?

’ सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका निर्वाचित जनप्रतिनिधिले गर्ने कामले कांग्रेसलाई हेर्ने धारणा तय गर्ने भएकाले जिम्मेवारपूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताइन् । यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ र प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे लगायतले पार्टीका हरेक नेता-कार्यकर्ताहरुले आ-आफ्नो स्थानबाट संगठन मजबुत बनाउन लाग्नुपर्ने बताएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid