May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल र युएई बीचको खेल रद्द

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १0:४२
नेपाल र युएई बीचको खेल रद्द
  • एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द
  • खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द गरियो 
  • खेल नभएपछि दुवै टोलीले एक-एक अंक पाए

 काठमाडौं ।।

मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो ।

खेल नभएपछि दुवै टोलीले एक-एक अंक पाएका छन् । यसअघि समूह ‘ए’ मा लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल र युएईले समान ९ अंक जोडे । तर नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा नेपाल समूह उपविजेता बन्यो ।

अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् । आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

३ खेल जितेको हङकङ ६ अंकसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहिन भएपछि थाइल्याण्ड ५ अंकसहित दोस्रोमा छ ।सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी-२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट