April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

साढे २ करोड बुझाएर मीनबहादुर छुटे, ७ लाख बुझाउन नसक्दा अरूणकुमार जेल मै….

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:४५
साढे २ करोड बुझाएर मीनबहादुर छुटे, ७ लाख बुझाउन नसक्दा अरूणकुमार जेल मै….
  • धरौटी तिर्न नसकेपछि एक जना अभियुक्त कारागार चलान
  • अदालतले श्रेष्ठसँग सात लाख ५० रुपैयाँ धरौटी माग्यो 
  • सबैभन्दा धेरै धरौटी बुझाउनुपर्ने मीनबहादुर गुरुङ पनि आइतबार नै छुटे 

काठमाडौं ।।

ललिता निवास प्रकरणमा धरौटी तिर्न नसकेपछि एक जना अभियुक्त कारागार चलान भएका छन्। नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्। अदालतले श्रेष्ठसँग सात लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आइतबार आदेश दिएको थियो। अदालतले एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।

जसमध्ये १६ जना धरौटीमा रिहा भइसकेका छन् । अदालतले प्रकरणका मुख्य योजनाकार मानिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो। अन्यसँग एक लाखदेखि १५ लाख रुपैयाँसम्म व्यक्तिअनुसार बेग्ला–बेग्लै धरौटी माग गरेको थियो । सबैभन्दा धेरै धरौटी बुझाउनुपर्ने मीनबहादुर गुरुङ पनि आइतबार नै छुटिसकेका छन् । आइतबार नै धरौटी रकम बुझाएर गुरुङ रिहा भएका थिए ।

कसलाई कति थियाे धरौटी ?

१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

२) कलाधर देउजा –१५ लाख

३) विनोद पौडेल– १५ लाख

४) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

५) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

६) घमन कुमार कार्की– ७ लाख ५० हजार

७) गोपाल कार्की –७ लाख ५० हजार

८) योगराज पौडेल– ७ लाख ५० हजार

९) नारायणराज मिश्र –७ लाख ५० हजार

१०) अरुण कुमार श्रेष्ठ –७ लाख ५०

११) लोकहरि घिमिरे –७ लाख ५० हजार

१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

१३) शिवजी भट्ट–३ लाख ३० हजार

१४) बाबुराजा महर्जन– १ लाख १० हजार

१५) देवनारायण महर्जन – १ लाख १०

१६) सकलानन्द महर्जन– १ लाख १० हजार

१७) सञ्जय कुमार महर्जन– १ लाख १० हजार

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।