sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया सुरू

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:५४
सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया सुरू
  • सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढ्यो 
  • २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्ने 

काठमाडौं ।।

सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले खुला प्रक्रियाबाट महाप्रबन्धक नियुक्तिका लागि २३ भदौमा सूचना प्रकाशन गरेको हो ।

सिमेन्ट उद्योगको महाप्रबन्धक हुन २१ दिन भित्रमा योग्य उम्मेदवारले दरखास्त पेश गर्न सक्छन् । मन्त्रालयकाअनुसार उद्योगको महाप्रबन्धक हुन सार्वजनिक निकायको प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन,अर्थशास्त्र, इन्जिनियरिङ्, कानुनमा विषयमा स्नातकोत्तर पास हुनु पर्छ ।

यस्तै कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा बसेर ५ वर्ष काम गरेको हुनुपर्छ । उद्योग मन्त्रालय मातहतको संस्थान तथा कार्यालयमा पदाधिकारी नियुक्ति निर्देशिका बमोजिम अयोग्य नरहेको उम्मेदवारले आवेदन दिन पाउने मन्त्रालयले जनाएको छ ।

आवेदकबाट योग्यता पुगेकाहरुलाई मन्त्रालयले अन्तिम छनोट सूची तयार गरेपछि व्यावसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन्छ । त्यसबाट अन्तिम छनोटमा परेका ३ उम्मेदवार मध्येबाट सिफारिस गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ । मन्त्रिपरिषद्ले योग्य उम्मेदवारलाई महाप्रबन्धक नियुक्त गर्नेछ ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid