sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रत्नपार्क-सूर्यविनायक ‘डेडिकेटेड लेन’ निर्माण धमाधम

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:३३
रत्नपार्क-सूर्यविनायक ‘डेडिकेटेड लेन’ निर्माण धमाधम

सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन बनाइसक्ने गरी काम भइरहेको

द्रुत बस सेवा’ बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ। काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालन गर्न रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले जानकारी दिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसका दिन असोज ३ देखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्। सोबमोजिम सडक विभाग र यातायात व्यवस्था विभागले काम थालेका हुन्।यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको हो। तीन दिनभित्र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन बनाइसक्ने गरी काम भइरहेको बताइएको छ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीलाई ‘द्रुत बस सेवा’ सञ्चालन गर्न निर्देशन दिएका थिए। यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि नै सञ्चालन गर्ने तयारी थियो। तर निरन्तर वर्षाका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन। बिहीबार साँझदेखि लाइन बनाउन थालिएको छ। बिहान र बेलुका कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन्।यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केही आशंका उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’, मन्त्री ज्वालाले भने। ‘द्रुत बस सेवा’ बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid